global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रधानमन्त्री चीन प्रस्थान : ११९ जनाको जम्बो टोली

प्रधानमन्त्री चीन प्रस्थान : ११९ जनाको जम्बो टोली

प्रधानमन्त्री चीन प्रस्थान : ११९ जनाको जम्बो टोली

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । एक सय १९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीसँग ४८ सदस्यीय सरकारी प्रतिनिधि मण्डलसहित ५२ जना निजी क्षेत्रका व्यवसायी र ११ जना सञ्चार प्रतिनिधि छन् । टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणालगायत छन् ।
प्रधानमन्त्री ओलीले भोलि बुधबार अपराह्न चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट मन्त्रालयका अनुसार भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनलाई विशेष प्राथमिकता दिइनेछ भने ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच थप सम्झौता पनि हुनेछ ।

 

याे पनि पढ्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को छन् भ्रमण टोलीमा ?

चीनसँग विगतकै सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु