global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ इंग्ल्यान्डको ट्युनिसियासँग रोमाञ्चक विजयी सुरुवात

इंग्ल्यान्डको ट्युनिसियासँग रोमाञ्चक विजयी सुरुवात

इंग्ल्यान्डको ट्युनिसियासँग रोमाञ्चक विजयी सुरुवात

कप्तान ह्यारी केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि इंग्ल्यान्डले २०१८ फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । इंग्ल्यान्डले समूह जीको खेलमा ट्युनिसियालाई २–१ गोलले पराजित गरेको हो ।
खेलको ११ मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले क्लोज रेन्जबाट बललाई जाली चुमाएका थिए । तर, ३५ मिनेटमा ट्युनिसियाले बराबरी गोल फर्काउन सफल भयो । ट्युनिसियाका सासीले पेनाल्टीमा गोल गरेका थिए । केल वल्करले बेन युसुफलाई डिबक्सभित्र फल गरेपछि ट्युनिसयाले पेनाल्टी अवसर पाएको थियो ।
दोस्रो इन्जुरी टाइमको पहिलो मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित हात पर्न सफल भयो । कप्तान केनले क्लोज रेन्जबाट गरेको हेडले सिधै गोलपोस्टको दिशा लिएको थियो ।

बेल्जियमले पानामालाई तीन गोलले हरायो

यो समूहको अर्को खेलमा बेल्जियमले पानामालाई ३–० गोलले पराजित गरेको थियो । २०१८ फिफा विश्वकपमा बेल्जियमले उत्कृष्ट सुरुवात गरेको हो । पहिलो हाफमा भने नवप्रवेशी पानामाले स्टार खेलाडीले भरिएको बेल्जियमलाई गोलरहित बराबरीमा समेटेको थियो ।
डिफेन्सिभ खेल खेलिरहेको पानामाले दोस्रो हाफ सुरु भएलगत्तै बेल्जियमको कडा समाना गर्नुप¥यो । पानामाको खेल स्ट्राटेजी बुझेको बेल्जियमलका मार्टिन्सले ४७ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।
रोमेलु लुकाकुले ६९ मिनेटमा बेल्जियमको अग्रता दोब्बर पारे । उनले क्रस बलमा हेडमार्फत गोल गरेका थिए । ७५ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३–० गोलले अघि बढेको थियो ।
पहिलो हाफमा बेल्जियम असफल भएपछि दोस्रो हाफको सुरुवातदेखि उत्कृष्ट लयमा देखियो । केभिन डे ब्रुइनले दोस्रो गोलका लागि लुकाकुलाई पास मिलाएका थिए । यस्तै तेस्रो गोलका लागि इडिन हजार्डले पास मिलाए ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु