nmb bank

गृहपृष्ठ भारतीय कलाकार राजन कुमार नेपालमा

भारतीय कलाकार राजन कुमार नेपालमा

भारतीय कलाकार राजन कुमार नेपालमा

भारतीय कलाकार राजन कुमार नेपाल आएका छन् । जुलाइ अन्तिम साता प्रदर्शन हुने चलचित्र ‘नमस्ते बिहार’को प्रोमोसनका लागि उनी नेपाल आएका हुन् ।

भारतमा स्टेज सोमा व्यस्त राजनलाई ‘चार्ली चाप्लिन’को उपमा दिइएको छ । उनको नाम सन् २०१० मा ‘चार्ली चाप्लिन २’ को रुपमा गिनिज बुकमा पनि लेखिएको छ । पत्रकारको आग्रहमा उनले कार्यक्रममा चार्ली चाप्लिनको अभिनय पनि गरेका थिए । उनको चलचित्र ‘नमस्ते बिहार’ बिहारमा जन्मिएको युवाको कथामा बनेको बताए ।

‘नमस्ते बिहार’ पत्रिकाको नामबाट चलचित्र बनाएका उनी चलचित्र प्रचार र घुमघामका लागि नेपाल आएका हुन् ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु