global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वका तीन जिल्लामा सेञ्चुरी बैंकका चार नयाँ शाखा

पूर्वका तीन जिल्लामा सेञ्चुरी बैंकका चार नयाँ शाखा

पूर्वका तीन जिल्लामा सेञ्चुरी बैंकका चार नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले सुनसरी, मोरङ र झापामा चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको चतरा र झुम्का, मोरङको रंगेली र झापाको चन्द्रगढीमा शाखा विस्तार गरेको हो ।

चारवटै शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि र व्यवसायीको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु