गृहपृष्ठ क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोषलाई

क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोषलाई

क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोषलाई

क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न प्रतियोगिताका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा फस्र्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड रनर अप सुवास कटुवाल भएका छन् ।

नेसनल च्याम्पियनसिप विजेताहरु आगामी बर्ष भारत, श्रीलंका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ ।

नेसनल च्याम्पियनसिपका लागि ९ जना प्रतियोगी भिँडेका थिए । पहिले नै यस्तै प्रतियोगितामा भाग लिइसकेका वा अन्य कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइसकेका प्रतियोगीहरु मात्र नेसनल च्याम्पियनसिपमा सहभागी हुन सक्ने प्रावधान थियो ।

त्यसैगरी नोभिस तर्फको विजेता सुशील थापा भएका छन् । प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र राजकुमार कार्की सेकेन्ड रनर अप भए । पहिले कुनै उपाधि हासिल नगरेका वा पहिलो पटक सहभागी भएकाबीचमा यस प्रकारको बाइक रेसिङ प्रतियोगिता गराइएको थियो । यसलाई नोभिस क्याटागोरी नामाकरण गरिएको हो ।

विजेताहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सबै गरी २९ बाइक कुदाइएका थिए ।

विजयी प्रतियोगीहरुलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपाने लगायतले पुरस्कार वितरण गरे ।
च्याम्पियनसिपमा २५० सीसी सम्मका डर्ट बाइकहरु कुदाइएको थियो । प्रतियोगिता नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा सम्पन्न भएको हो ।

crossmandu-news karobar crossmandu-news karobar crossmandu-news karobar crossmandu-news karobar

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु