Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

गुणस्तरीय सेवा नै हाम्रो पहिचान हो : श्रेष्ठ

न्युज कारोबार काठमाडौं जेठ २२, २०७५       

गुणस्तरीय सेवा नै हाम्रो पहिचान हो : श्रेष्ठ
विगत १० बर्ष देखि निरन्तर दोलखाली जनताको स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गदै आएको च्छो–रोल्पा अस्पताल दोलखा जिल्लाको दोस्रो प्राइभेट अस्पताल हो । निजी लगानीमा संचालन भएको यो अस्पतालले दोलखाली जनताको स्वास्थ्य स्थिती ख्याल गर्दै सर्वसुलभ तथा सबैको पहुँचमा रहने गरी सेवा दिएको छ । दोलखामा प्रभावकारी स्वास्थ्य संस्थाको रुपमा रहेको यस अस्पतालको हालको अवस्था तथा आगामी दिनका योजनाका सन्दर्भमा अस्पतालका अध्यक्ष पृथ्वी श्रेष्ठसंग न्युजकारोबारका संवाददाता सञ्जय श्रेष्ठले गरेको कुराकानी : च्छो–रोल्पा अस्पताल कस्तो अस्पताल हो ? – च्छो–रोल्पा अस्पताल जेनेरल अस्पताल हो । हामीले यो अस्पताल बाट सबै किसीमको सेवा दिदै आएका छौं । त्यसमा पनि हामी हाडजोर्नीको स्पेशल उपचार गर्दछौं । हामीले हाडजोर्नी तथा नशा रोग बिशेषज्ञहरु पनि 'हायर' गरेको छौं । दोलखा जिल्ला हिमाली जिल्ला हो, यहाँ धेरै पहाड, भिर, पाखा छन् । त्यसैले यहाँँ विशेष त यस्तै किसिमको बिरामी बढी देखिने तथा समस्या हुने भएकोले पनि हामीले हाडजोर्नीको बिशेष व्यबस्था गरेको हौँ । च्छो–रोल्पा अस्पताल दोलखाकै दोस्रो प्राइभेट र स्थापीत अस्पताल हो भन्नुभयो अहिले यसको अवस्था कस्तो छ ? – च्छो–रोल्पा अस्पतालले विगत १० बर्ष देखि सेवा दिदै आएको छ । पछिल्लो समय हामीले अस्पतालको व्यवस्थापन परिवर्तन गरेको छौं । हामीले अस्पतालको व्यवस्थापन परिवर्तन गर्नुको मुख्य कारण भनेको यस अस्पताललाई आर्थिक स्थिती कमजोर भएका तथा सेवामा पहँुच नपुगेकाहरुको सेवामा विशेष ध्यान दिनु हो । च्छो–रोल्पा प्राइभेट अस्पताल भएता पनि सर्बसाधारणको पहुँचमा पु¥याउन हामी निरन्तर लागी रहेको छौं । यो अस्पताल जिल्लाका अन्य अस्पतालभन्दा फरक ढंगले स्थापित भएको अस्पताल हो भनिन्छ, दोलखामा अरुभन्दा फरक ढङ्गको अस्पतालको रुपमा स्थापित हुनुको कारण के हो ? – पहिलो कुरा त दोलखा जिल्लामा सबै किसीमको सेवा दिने अस्पताल नभएर हो । दोस्रो कुरा हामीले स्वस्थ्य सेवा सम्बन्धी बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरुको पनि आयोजना गर्दै आइरहेका छौं । हामीले प्रदान गर्ने सेवामा कमी कमजोरी हुन नदिन समय सापेक्ष सुधार पनि गर्दै आइरहेका छौं । हामीले नर्सिङ अध्यापन पनि गराएका छौं । आगामी बर्षहरुमा एचएडिफाम, सिएमए लगाएतको बिषयको पनि अध्यापन गराउदै छौं । साथै हामीे च्छो–रोल्पा अस्पताललाई मेडिकल कलेजको रुपमा बिकास गर्ने अबधारणा अगाडी बढाइरहेको छौं । च्छो–रोल्पा अस्पताल जिल्लामा स्थापित हुनुको मुख्य कारण भनेको हाम्रो गुणस्तरीय सेवा नै हो । सबै मानिसलाई के थाहा छ भने यस अस्पतालमा स्वास्थ्य सेवाको अलावा स्वास्थ्य सम्बन्धी चेतनामुलक कुरा सिकाइन्छ, पैसाको लागी भन्दा पनि बिरामीको स्वास्थ्यलाई विशेष ध्यान दिइन्छ । जटिल अवस्था आइ परे अन्य भरपर्दो हस्पिटल समयमा नै रिफर गरी बिरामीको स्वास्थ्य जोखिम कम गर्न पनि सहयोग गर्दछ । त्यसैले पनि होला यो अस्पताल जिल्लामै अली भिन्न अस्पतालको रुपमा स्थापित हुन पुगेको । अस्पतालले लिएको उद्देश्य पुरा गर्न यहाँको कर्मचरीको काम र अस्पतालको उद्देश्य बिचको तादम्यता कतिको छ ? – हामीले हाम्रो उद्देश्य पुरा गर्न र अस्पताललाई मर्यादित बनाउन अस्पतालले निश्चित नियम बनाएका छौं । पहिलो त हामी बिरामीको सेवामा नै दृढ छौं । यहाँबाट गुणस्तरीय सेवाको लागी हामी कुनै सम्झौता नै गर्दैनौं । संचालक, प्रशासक र डाक्टरहरुको टिम हप्तामा एक पटक बैठक गर्दछौं । हरेक समय बिरामीको सेवामा डाक्टर तथा कर्मचारी खटाइ रहेका हुन्छौँ । हाम्रा कर्मचारी विच राम्रो समन्वय छ । समय समयमा आइपर्ने बिभिन्न समस्याहरुलाई मिलेर समाधान गर्दछौँ । हाम्रो ‘टिम’ अस्पतालको उद्देश्य पुरा गर्न एक भएर लागेको छ । च्छो–रोल्पालाई जिल्लाकै सबै भन्दा महंगो अस्पताल भन्छन्, तपाईहरुले लिएको उद्देश्य पुरा हुन्छन् त ? – अस्पताललाई तपाईले जसरी महंगो भन्नु भयो यो ठिक हो, किनभने हिजाका दिनहरुमा यस अस्पतालले महंगो शुल्क लिने गरेको थियो, तर आज छैन । मैले अगाडी पनि भने हामी बिगत १० बर्ष देखि सेवा दिदै आएको छौं । तर हामी ६–७ महिना यता हामी नयाँ व्यवस्थापनमा छौं । हामीले नेपाल सरकारले तोकेको हरेक सेवामा न्युनतम सुल्क निर्धारण गरीसकेका छौं । यहाँ हामीले ओपिडी टिकटको ५० रुपिया, सैयाको दैनिक १०० रुपिया, आकस्मिक सेवा ५० (रात्रीकालीन १००), बिशेषज्ञ सेवा ५०० रुपैयाँ मात्र लिने गरेका छौं । यसबारेमा हाम्रो नागरीक बडापत्र हेर्दा हुन्छ । हाम्रो नागरीक बडापत्र राजधानीको कुनै स्थापित हस्पिटलको बडापत्र संग ‘ट्याली’ गर्दा हुन्छ, हामी उनिहरु भन्दा कम छैनौ । राज्यले दिने हरेक छुट तथा सहुलियत सबै सरकारी हस्पिटलले दिने जस्तै दिएको छौं । त्यसैले हाम्रो उद्देश्य पुरा हुनेमा विश्वस्त छौँ । स्वास्थ्य सेवामा न्युनतम शुल्क राखेर सेवाको गुणस्तर तथा औषधिको गुणस्तरमा कत्तिको ध्यान दिनु भएको छ ? – मलाई लाग्छ सेवामा हामी अगाडी नै छौं । हामीले दिएको सेवा र सेवा लिने व्यक्ति हरुको प्रतिक्रियाले पनि यही भन्छ । रह्यो औषधीको गुणस्तरको कुरो म केकुरामा ढृक्क छु भने हामी गुणस्तरमा नेपाल भरी टप १० मा हुन्छौं । किनभने हामीले आफैं अस्पताल भित्र फार्मेसि संचालन गरेको छौं । औषधी अस्पताललेनै खरिद गर्छ त्यसमा पनि सिधै कम्पनी संग किन्छौ । कुनै व्यक्तिले ल्याएको औषधी खरिद गर्दैनौं । औषधीको रुजू म आफै गर्छु । नेपालमा पाउने औषधी आफै किन्छौ भने विदेश बाट ल्याउनु पर्ने औषधी पनि संम्बन्धित कम्पनीसंग सहकार्य गरी ल्याउने प्रकृयामा छौं । भारतका केहि औषधी कम्पनी संग त कारोबार सुरु भएको पनि छ तर सानो ‘स्केल’मा छ । त्यसलाई ठुलो स्केलमा बढाउने तथा अन्य प्रकृया पनि अगाडी बढी रहेको छ । सेवा शुल्कमा कमी गर्ने र सेवाको गुणस्तरमा बृद्धी गर्ने कुरा विपरीत कुरा हुन यस्तो हुनु कसरी संभव छ ? जबकी यस्तो सेवा राजधानीका ठुला ठुला हस्पिटलले दिन सकेको छैन ? – दोलखा र राजधानीको बिचमा केही कुराको पनि तुलना गर्न सकिदैन । दोलखा एउटा हिमाली जिल्ला हो, यहाँको मानिस राजधानीको मानिस जस्तो सम्पन्न छैन । राजधानीका मानिस धेरै खर्च गर्न सक्छन् तर दोलखाको मानिससंग त्यो पैसा छैन । हामीले राजधानीको अस्पतालले के गर्छन् वा के गर्दैनन् भन्दा पनि च्छो–रोल्पाले दोलखामा कस्तो किसीमको सेवा दिइरहेको छ र आगामी दिनमा कस्तो सेवा दिनेछ भन्ने मुख्य कुरा हो । हामीले हाम्रो ठाँउ र स्थिती हेरेर सेवालाई प्रभावकारी बनाउन तथा सबैको पहुँचमा रहने गरी कसरी अस्पताललाई विकास गर्ने भन्ने विषयमानै बढी ध्यान दिएका छौं । बिभिन्न किसिमको प्रोगामहरुको आयोजना गर्दै दोलखाली जनतालाई उकृष्ट सेवा दिने कुरामा सधै लागी रहेको छौं । यस बिषयमा हाम्रो पुरै टिम सचेत छ । च्छो–रोल्पा हस्पिटलमा बिरामी तथा उसका आफन्तले उपचारमा ढुक्क हुने वातावरण कस्तो छ ? – च्छो रोल्पामा आएका सबै बिरामी तथा उनका आफन्तलाई म अस्पतालको प्रमुखको हैसियतले के भन्छु भने कुनै पनि अस्पतालमा सबै किसीमको रोगको उपचार संभव हुदैन । हाम्रो अस्पतालमा पनि सबै किसीमको रोगको उपचार हुदैन । तर, हामी हाम्रो अस्पतालमा भएका सेवामा कुनै कमी–कमजोरी हुन दिदैनौं । हाम्रो अस्पतालको सबै ‘टिम’ बिचको सम्मन्वय राम्रो छ । कुनै ठाँउमा एक–अर्का बिचमा सम्मन्वय नहुँदा विभिन्न समस्या आउने गर्दछन् । च्छो–रोल्पा अस्पतालमा बिरामी तथा उसका आफन्तले ढुक्क भएर उपचार गर्ने वातावरण छ । जो बिरामी उपचार गर्न आउनु हुन्छ उहाँहरुको जिम्मा हाम्रो हुन्छ । हामीले हुने र गर्न सक्ने सबै सेवा दिन्छौ । रिफर गर्नुपर्ने स्थितिमा राम्रो हुन्छ की भन्ने आशमा हामी राख्दैनौं तत्काल राम्रो अस्पतालमा रिफर गरिहाल्छौं । हामी संग त्यसको लागि हेलिकप्टर सम्मको सुबिधा छ । च्छो–रोल्पा र अन्य अस्पतालमा फरक के छ ? – च्छोरोल्पा र अन्य अस्पतालका बीचमा फरक भन्दा पनि हामी हाम्रो अस्पतालमा गुणस्तरीय सेवा दिन्छौं । अरु अस्पतालसंग प्रतिस्पर्धा भन्दा पनि सेवामा गुणस्तरीयता दिनु पर्छ भन्ने हाम्रो धारणा हो । सर्बसुलव रुपमा च्छो–रोल्पा अस्पतालमा सबैले कसरी उपचार गर्न सक्छ र हामीले पनि कसरी ती सेवा दिन सक्छौं भन्नेमा हामी बढी केन्द्रित छौं ।

सम्बन्धित खबरहरु