गृहपृष्ठ ग्लोबल आर्इएमई बैंक र स्टार अस्पतालबीच सम्झौता
ग्लोबल आर्इएमई बैंक र स्टार अस्पतालबीच सम्झौता
काठमाडौं– ग्लोबल आर्इएमई बैंकका ग्राहकले स्टार अस्पताल सानेपामा उपचार गराउँदा छुट पाउने भएका छन् । मंगलबार ग्लोबल आइएमई र स्टार अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन एवं व्यवसाय प्रवर्धन विभाग प्रमुख गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शाहिल रुपाखेतीले हस्ताक्षर गरे । आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिलाउने उद्देश्यले अस्पतालसँग सम्झौता गरेको बैंकले जनाएको छ । सम्झौताअनुसार स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आर्इएमई बैंकबाट प्रिभिलेज क्रेडिट कार्ड तथा डेबिट/क्रेडिट कार्ड लिएका ग्राहक र ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालको सेवामा छुट पाउनेछन् ।
प्रकाशित समय : ०२:४४ बजे

















