काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देशभरका कांग्रेस कार्यकर्ता सडकमा, महँगी नियन्त्रण मुख्य माग

14.05K
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ । कांग्रेसले वर्तमान ओली सरकार अधिनायकवाद उन्मुख बनेको, महँगी नियन्त्रणमा चासो नदिएको भन्दै सबै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

जिल्लामा सदरमुकाम र ठूला सहरकेन्द्रित आन्दोलन हुने र काठमाडौँमा दिउँसो साढे २ बजे बृहत प्रदर्शन गर्ने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसको भाषामा सरकारको अधिनायकवादी शैली र महँगीविरुद्ध भन्दै नेविसंघले यसअघि बालुवाटार घेराउसहित सामान्य विरोध गर्दै आएको थियो । आजबाट देशभर कांग्रेसले विरोध सुरु गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सरकारले काठमाडौंको रत्नपार्क, माइतीघर क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको छ । कांग्रेसले त्यसको विरोध गर्दै सोही स्थानबाट प्रदर्शन गर्न लागेको छ । डा गोविन्द केसीको मागलाई लिएर सडक र सदनमा आवाज उठाएको नेपाली कांग्रेस केसी र सरकारबीच सहमति भएसँगै महंगी नियन्त्रणको मुद्दा लिएर सरकारविरुद्ध सडकमा उत्रिन लागेको हो ।