एक्लिए पारस, पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जाँदै
वि.सं.२०७५ साउन १५ मंगलवार १५:१५
shares

कान्छी नातिनी कृतिकालाई कलेज भर्ना गरिदिन पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने भएका छन् । रविभवनस्थित लिङ्कन स्कुलबाट कृतिकाले भर्खरै माध्यमिक शिक्षा सकाएकी हुन् । ज्ञानेन्द्र जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर बुधबार थाइल्यान्ड जान लागेका हुन् । पूर्णिका दुईदेखि थाइल्याण्डमै पढ्दै आएकी छन् । पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि उनलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लागेको हो ।
पूर्व तयारीका लागि पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसकेकि छन् । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुगेकी हुन् । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने छन् ।
नातिनीलाई लिएर पूर्वरानी कोमल राज्यलक्ष्मी पनि थाइल्याण्ड जाने पूर्वराजका निजी सचिव सागर तिमल्सिनाले जानकारी दिए । तिमल्सिनासँगै शाही अर्दली हस्तबहादुर मल्ल, शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत पनि ज्ञानेन्द्रसँग थाइल्याण्ड जाने छन् ।
























