काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागूऔषधसहित पाँच पक्राउ

13.88K
shares

काठमाडौं– प्रहरीले अवैध लागूऔषध ओसारपसार गर्ने पाँच जनालार्इ पक्राउ गरेको छ । लागूऔषध कारोबारमा संलग्नहरूलार्इ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

चन्द्रगिरी नगरपालिका-२, नागढुंगामा खटिएको प्रहरी टोलीले बुधबार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना. ५ ख २३९९ नम्बरको बसमा आइरहेका बेला जनकपुरका २५ वर्षीय सन्तोष झालाई पक्राउ गरेको छ । प्रहरीले झाको साथबाट ९ सय ट्याव्लेट नाइट्रोजेपाम पनि बरामद गरेको छ । त्यस्तै, प्रहरीले चितवन टाँडीका २१ वर्षीय प्रजेश अधिकारीलाई १ सय ५० ट्याव्लेट नाइट्रोजेपामसहित पक्राउ गरेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-७ बस्ने ५५ वर्षीया रीता लामालाई हेटौंडा उपमहानगरपालिका-१९, गुम्बाचोकस्थित राजमार्गबाट चार किलो २ सय ५० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको  छ । त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-१२ बस्ने १४ वर्षीय  पुष्पपारस राईलाई लागूऔषध फेनारगन ५ एम्पुल, लुप्रिजेसिक ५ एम्पुल, डाइजोल्याप ५ एम्पुल र सिरिन्ज एक थानसहित सोही नगरपालिका-६ स्थित चुरिया जंगलबाट प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीले राईका साथी निर्जल खड्का र मिलन राईले फालेको झोलाबाट लागूऔषध डाईजोल्याप १ सय ९६ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल, लुप्रिजेसिक १ सय ९६ एम्पुल र सिरिन्ज २३ थानसमेत बरामद गरेको छ । फरार निर्जल र मिलनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका-७, भद्रकाली बस्ने २६ वर्षीय बिक्की सुनुवारलाई प्रहरीले मंगलबार लागूऔषध चरेश ८ ग्रामसहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।