काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कञ्चनपुर घटनाका दोषीलाई कठघरामा उभ्याउ : आयोग

13.69K
shares

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढीले कञ्चनपुरमा बालिकाको बलात्कार तथा हत्याको घटनामा प्रहरी प्रशासनले गरिरहेका अनुसन्धान तथा कार्यको अनुगमन गरेको छ ।

आयोगका निर्देशक दीपकजंग ध्वज कार्कीको नेतृत्वको टोलीले सोमबार स्थलगत अनुगमनका क्रममा मृतकका आफन्त, स्थानीय बासिन्दा, प्रहरी, प्रशासनसँग उक्त घटनाका सम्बन्धमा जानकारी लिएको छ ।

आयोगका निर्देशक कार्कीले घटनापछि स्थानीय बासिन्दा तथा खासगरी महिलाहरुमा असुरक्षा र त्रास उत्पन्न भएको बताए । उनले महिलामाथि भइरहेका हिंसाका घटनामा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज बिष्टलाई भेटेर निर्देशक कार्कीले हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र स्थानीय बासिन्दालाई सुरक्षाको अनुभूति महशुस गराउन ठोस कदम चाल्न आग्रह गरिएको बताए ।

आयोगका निर्देशक कार्कीले पमुख जिल्ला अधिकारी कुमार खड्कालाईसमेत भेटेर पीडित परिवारलाई न्याय दिलाउन तथा दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासनले गम्भीरतापूर्वक काम गरिरहेको अनुभूति गराउन आग्रह गरे ।

आयोगको टोलीले पिडित परिवार, अधिकारकर्मी र बिरोध कार्यक्रमका क्रममा घाईते भएकाहरुलाई समेत भेटेको थियो । आयोगले बलत्कार तथा हत्याको घटनापछि प्रहरीले गरिरहेको कार्य, दोषी उपर कारबाहीका लागि भईरहेको प्रयास, पीडित परिवारको सुरक्षा र न्यायका सम्बन्धमा बिशेष चासो राखेर प्रहरी र प्रशासनसँग यस विषयमा जानकारी लिएको थियो ।

यस्ता घटना दोहरिन नदिन पनि प्रहरी प्रशासनलाई आग्रह गरिएको आयोगका निर्देशक कार्कीले बताए । महिला माथि पछिल्लो केही महिना यता भईरहेका जघन्य अपराधका घटनाहरुलाई गम्भीरतापूर्वक लिन र आगामी दिनमा यस्ता घटना दोहरिन नदिन पूर्व सतर्कता अपनाउन प्रहरी प्रमुख विष्ट तथा प्रजिअ खड्कालाई आग्रह गरिएको आयोगका निर्देशक कार्कीले जानकारी दिए ।