काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मलेसियाको रोजगारी चाँडै खुल्छ : मन्त्री विष्ट

11.76K
shares

 

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली युवा श्रमिकको लागि चाडै मलेसियामा रोजगारी खुला गरिने बताएका छन् । उनले नेपाली नठगिउन र सुरक्षित रोजगारी होस भन्नका लागि केही समय मेलेसियाको रोजगारीमा जान रोक लगाइएको पनि बताए ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरागर्दै मन्त्री विष्टले विगतमा नेपालवाट कामदार पठाउँदा भएको विसँगति र विकृति सुधार गर्न मलेसिया सरकारसमेत गम्भीर भएकोले अब दुई देशबीच सहमति कायम गरी नेपाली श्रमिकका लागि मलेसिया जान खुला गरिने बताए ।

उनले दशकांैदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने वताउँदै सरकारले विदेशमा काम गर्ने नेपाली युवा कुनै किसिमले नठगिउन् भन्ने उद्दश्यले कार्य गरिरहेको प्रष्ट पारे ।

उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको वताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवास जस्ता जनताको मौलिक अधिकारलाई कानुन निर्माण गरी प्रत्याभूत गर्ने बताए ।

उनले वर्तमान अवस्थामा विश्वका १ सय ७१ राष्ट्रमा नेपाली युवाहरु कामका लागि पुगेको जानकारी दिए ।