न्याम्सको उपकुलपति बन्न डाक्टरहरूकाे दाैडधूप
वि.सं.२०७५ साउन १५ मंगलवार २२:४४
shares

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिठान (न्याम्स)को उपकुलपति बन्न डाक्टरहरु आ—आफ्नै दाउमा लागेका छन् । उपकुलपति डा. गणेश गुरुङको कार्यकाल सकिन एक साता बाँकी छदै डाक्टरहरु आफ्नो पक्षमा माहोल बनाउन लबिङमा लागेका हुन् । गुरुङको पदावधी साउन २४ गते बाट रिक्त हुने छ ।
उपकुलपति बाहेक अन्य पदाधीकारीहरुको पनि २६ गते बाट पद रिक्त हुँदैछ । त्यसैले उपकुलपतिबाहेक अन्य पदको लागि पनि डाक्टरहरुले लबिङ थालेका हुन् ।
यसपटक उपकुलपति न्याम्स भन्दा बाहिरबाट पनि आउने संभावना बढी रहेको चर्चाकाबीच धेरै डाक्टरहरुको आकांक्षा रहेको छ ।
























