काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपाको तल्ला कमिटी एकता अन्योलमा

22.83K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने भएको छ । केन्द्रमा एकता भएको साढे २ महिना वित्दासमेत एकता प्रक्रिया सुरु नभएपछि तल्ला किमिटी एकता अलमलमा परेको हो । जनसंगठनको एकता यही साउनभित्र गरिसक्ने दावी गरेको नेकपाको प्रदेश र जिल्लामा भने नियमावली पारित हुन ढिलाई भएकाले एकता अन्यौलमा परेको हो ।

यसअघि जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता गरी नेकपा गठन गर्दा ३ महिनाभित्र सबै कमिटी एकता गरिसक्ने घोषणा गरिएको थियो । सो घोषणाको म्याद सकिन झण्डै २ सातामात्र बाँकी रहँदा एकताको चाँजोपाँजो मिलेको छैन ।

विधान र नियमावालीको अभावमा तल्ला तहको एकताको लागि गठीत कार्यदलले निर्णय गर्न नसक्दा एकता हुन नसकेको नेता बेदुराम भुसालले बताए । ‘एकताको लागि आवश्यक विधान र नियमावली पार्टी सचिवालयबाट पारित हुन ढिलाइ भएकले एकता घोषणाका दिन सार्वजनिक गरिएको तीन महिनाको अवधिमा सबै तहको एकता प्रक्रिया पूरा नहुने भयो,’ विधान समितिका सदस्य समेत रहेका भुसाल भन्छन् ।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली चीन भ्रमण र अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रमती सीता दाहालको उपचारको लागि लामो समय थाइल्याण्ड गएपछि विधानमा छलफल हुन ढिलाई भएको थियो । दुवै अध्यक्ष स्वदेश फिर्तापछि विधान र नियमावलीमा छलफलसहित पारित हुन समय लागेकोले एकता प्रक्रियामा अलमल भएको हो ।

नेकपा स्थायी कमिटीको सुझावका आधारमा यही साउन १ गतेको सचिवालय बैठकले विधान र नियमावलीलाई सम्पादनसहित प्रकाशन गर्ने निर्णय गरेको थियो । त्यसपछि छपाई गरिएको विधान र नियमावली तल्ला कमिटीमा जान थालेका छन् ।

सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनमा यसअघिको जिम्मेवारीमा रहेका इञ्चार्ज, सह–इञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्षहरु रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिइएको थियो । सोही सुझावको आधारमा अब प्रदेश र जिल्ला कमिटी एकता गर्ने तयारी रहेको जनाइएको छ ।

पार्टीको प्रदेश कमिटी सचिवालयले र जिल्ला कमिटी प्रदेश कमिटीले चयन गर्नेछ । दशैँ अगाडि नै प्रदेश र जिल्ला कमिटीको एकता र एकतासम्बन्धी सबै काम पूरा हुने नेताहरुको दावी छ ।

साढे २ महिनामा एउटा संगठनको मात्र एकता
नेकपाले आफूसम्बद्ध विभिन्न २२ जनवर्गीय संगठनलाई यही साउन महिनाभित्र एकता गरिसक्न सम्बन्धित सबै कार्यदललाई जिम्मेवारी दिएको छ । केन्द्रमा पार्टी एकता भएको साढे २ महिनामा एउटा मात्र संगठनको एकता भएको छ । गएको शनिबार इञ्जिनियरिङ पेशाकर्मीको संगठनको एकता भएको हो ।

बाँकी २१ जनसंगठनको एकता समयमै गर्नुपर्ने भए पनि त्यस अनुरुपको कार्य हुन नसकेको स्वयं नेकपाकै नेताहरुले बताउदै आएका छन् । कार्यदलको सुझावका आधारमा साउनभित्र जनसंगठनको एकता पूरा हुने नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

‘जनसंगठनको एकताका लागि गठित कार्यदलले सम्बन्धित दुवै कमिटीको केन्द्रीय कमिटीमा एक चरण छलफल गरी विधान, संगठनको नाम र सम्भावित संगठन संरचनाबारे राय, सुझाव लिइसकेका छन्, त्यसैले अब एकता प्रक्रिया छिट्टै अघि बढ्छ,’ श्रेष्ठले दावी गरे । पार्टी एक भइसकेकाले संगठनात्मक पक्षको एकताका लागि केही समय लागेमा कुनै समस्या नपर्ने नेताहरुले दावी गरेका छन् ।