गृहपृष्ठ म्याङ्लुङ र छथर जाेड्ने पुल तीन वर्षमा पनि बनेन
म्याङ्लुङ र छथर जाेड्ने पुल तीन वर्षमा पनि बनेन
तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिका र छथर गाउँपालिकाको विचमा रहेको लुम्वु खोलामा निर्माणाधिन पक्की पुल तीन वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन् ।
एक वर्षमा निर्माण सक्ने गरि सम्झौता गरिएको उक्त पुलको तीन पटक म्याद थपि सक्दा पनि निर्माण सम्पन्न भएको छैन् । सपना निर्माण सेवा हेटौडाले भ्याट सहित ५ करोड ९८ लाख ४७ हजार २ सय ६१ रुपैयामा निर्माण गरिरहेको पुल ४८ मिटर लम्वाई र ६ मिटर चौडाई रहेको छ ।

निर्माण कम्पनिले ०७२ बैशाख २४ गते सम्झौता गरि एक वर्षमा काम सक्ने जिम्मा लिएको थियो । ठेकेदारको लावरवाहीले योजना समयमा सम्पन्न हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।
उक्त योजनाको साईट हेर्ने जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर उमेश शाहले आफुहरुले पटक पटक तागेता गरेको बताए । अहिले सम्म ८० प्रतिशत काम सम्पन्न भएको हुनाले सव छिट्टै निर्माण सम्पन्न हुने ईन्जिनियर शाहको भनाई छ ।
अन्तिम पटक थपेको म्याद असार मसान्तमा सकिदै छ । तर, पुल निर्माण अझै सकिएको छैन् । निर्माण शुरु गर्ने वित्तिकै देखि भुकम्प, नाकावन्दी, वाढी र बाटोको समस्याले गर्दा समयमा निर्माण सम्पन्न गर्न नकेको निर्माण कम्पनिका प्रतिनिधि निराजन विडारीले बताए ।
थपिएको म्याद भित्र नैै निर्माण सम्पन्न गर्ने गरि काम गरिरहेको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले पुलको अनुगमन गरि तोकेको समयमा काम गरि सक्नका लागि ठेकेदारलाई निर्देशन दिएको बताए । पुल नबनेका कारण स्थानीयवासीले उत्पादन गरेका तरकारी तथा खाद्यान्य पिठिउँमा बोकेर म्याङलुङ्ग बजारमा लानु पर्ने बाध्यता रहेको छ ।
प्रकाशित समय : १५:५८ बजे



















