global ime bank Long Banner Ad

गृहपृष्ठ धनुषामा सडक दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई

धनुषामा सडक दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई

धनुषामा सडक दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई

धनुषामा दिनानुदिन सडक दुर्घटना बढ्दै गएपछि सवारी चेकजाँचमा कडाई गरिएको छ । धनुषाको ट्राफिक प्रमुखमा प्रहरी निरिक्षक दिपक कुमार साह आएदेखि सवारी चेकजाँचमा कडाई गर्न थालिएको हो ।

बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि सवारी चेक जाँचको साथै सवारी चालकको अनुमतिपत्र, सवारीको अवस्था, ट्राफिक नियमबारे प्रहरी निरिक्षक साहले विशेष ध्यान दिने गरेका छन् । ट्राफिक प्रहरी कार्यालय धनुषाको रेकर्ड अनुसार आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाभरि १ सय ६ वटा सडक दुर्घटना भएका थिए । जसमा ५६ जनाले ज्यान गुमाएका छन् । उक्त दुर्घटनाका क्रममा ६० जना गम्भीर घाइते र १ सय ८ जना समान्य घाइते भई अंगभंग भएको पाइएको छ ।

त्यसैगरी २०७३/०७४ मा ८५ सडक दुर्घटना भएको थियो । जसमा ६५ जनाको ज्यान गएको थियो भने ३४ जान गम्भीर घाइते र २१ जना समान्य घाइते भएका थिए । २०७४/०७५ भएको सडक दुुर्घटनामा सबभन्दा बढी ३८ वटा जिप÷कार, २५ वटा ट्रक ट्यांकर, २० वटा मोटरसाइकल, १९ वटा बस, १४ ट्याक्टर , ४ वटा टिपर र शारिरिक शक्तिबाट चल्ने १६ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा दिनप्रति दिन सडक दुर्घटना बढ्न थालेपछि बिहिबार जनकपुर उपमहानगरपालिका भित्र ७ स्थानमा सवारी चेकजाँच गरि ७० भन्दा बढी सवारी साधानलाई कारवाही गरिएको छ । चेकजाँचको क्रममा सवारी साधानको नम्बर स्पष्ट नदेखिइको, नम्बर प्लेटमा अन टेष्ट लेखि चलाईएको, कागजपत्र नभएको पाइएको छ । मोटरसाइकल, कार, जिप, अटो, इ–रिक्सा, टिपर, ट्याक्टर गरी ७० सवारी साधनहरुलाई नम्बर समेत लेखाई आवश्यक कारबाही गरिएको छ ।

प्रकाशित समय : ०४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु