काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विप्लव नेतृत्वको नेकपाका पोलिट्ब्युरो सदस्य ओम बर्दियाबाट पक्राउ

14.01K
shares

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन बर्दियाबाट पक्राउ परेका छन् । बर्दियामा मंगलबार पक्राउ परेका पुनलाई राति नै कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनीविरुद्ध कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रकाश चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । प्रमुख चौधरीमाथि फागुनमा घरमै गोली प्रहार भएको थियो । सो क्रममा विप्लवका अन्य चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएर छाडिएको थियो ।

‘मगलवार राति कैलाली ल्याएर हिरासतमा राखेका छौं,’ घिमिरेले भने, ‘मेयरलाई गोली हानेको अभियोगमा पुनविरुद्ध मुद्धा दर्ता छ । त्यसको लागि अदालतमा पेस गर्छौं ।’

पुनलाई करिब दुई साताअघि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि अदालतपरिसरबाटै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियालाई बुझाएको थियो । बर्दिया जिल्ला अदालतले पनि पुनलाई रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले पुनः प्रहरीले पक्राउ गरी कैलाली प्रहरीलाई बुझाएको छ । विप्लवले भने बिनाकारण र बिनाआधार आफ्ना नेता-कार्यकर्तालाई पक्राउ गर्न थालेको आरोप लगाउँदै आएको छ ।