शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित
वि.सं.२०७५ साउन १६ बुधवार १७:३३
shares

पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ । २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसासंद जोशीको हिजो निधन भएको थियो ।
जोशीप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक भोलीसम्मको लागि स्थगित भएको हो । बैठक भोलि बिहान साढे ११ बजे बस्ने छ ।
























