कांग्रेस नेता एवं पूर्वसांसद जोशी रहेनन्
वि.सं.२०७५ साउन १६ बुधवार १६:४५
shares

नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।
जोशी २०३४ सालमा नेपाली कांग्रेस बैतडीको सभापति हुनुभएको थियो । विसं २०४४ मा कांग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । जोशीका दुई छोरा र तीन छोरी छन् ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।
(रासस)

























