गृहपृष्ठ बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु
बझाङको बित्थड चिर गाउँपालिका-१ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । खुल्मौरकी कलसादेवी बोहराको बिहान ९ बजे घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो ।
बैतडीको सिगास गाउँपालिका-९, उदयदेव सामुदायिक वनको पन्धारा भीरबाट लडेर ३५ वर्षीया बोहराको घटनास्थलै मृत्यु भएको स्थानीय अमृत बोहराले जानकारी दिए । मृतकका दुर्इ छोरा र एक छोरी छन्र । कलसादेवीका श्रीमान जयलाल बोहरा रोजगारीका लागि भारत गएका छन् ।
प्रकाशित समय : २२:०९ बजे


















