global ime bank Long Banner Ad

गृहपृष्ठ एकै दिन तीन बालविवाह रद्द

एकै दिन तीन बालविवाह रद्द

एकै दिन तीन बालविवाह रद्द

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शनिबार तीनवटा विवाह एकै दिन रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो ।

त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८ कि १७ वर्षीया किशोरी, त्रिवेणी गाउँपालिका–९ का १९ वर्षीय किशोर र सल्यान दार्मा गाउँपालिका–३ की १७ वर्षीया किशोरीका बीचमा हुन लागेको बालविवाह रद्द गरिएको हो । चौरजहारी नगरपालिका–१४ का १९ वर्षीय किशोर र सानीभेरी गाउँपालिका–२ की १७ वर्षीया किशोरीबीच हुन लागेको विवाहलाई पनि रद्द गरिएको छ ।

उमेर नपुगी भएको विवाहलाई रद्द गरेर बालबालिकालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाइएको छ । उनीहरुलाई सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले जानकारी दिए । रूकुममा अलिहेसम्म ३२ वटा बालविवाह रद्द गरिएको छ ।

(रासस)

प्रकाशित समय : ०२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु