global ime bank Long Banner Ad

गृहपृष्ठ छात्रवृत्तिबारे जानकारी गराउन कर्णाली पुग्यो क्यान महासंघ

छात्रवृत्तिबारे जानकारी गराउन कर्णाली पुग्यो क्यान महासंघ

छात्रवृत्तिबारे जानकारी गराउन कर्णाली पुग्यो क्यान महासंघ

देशभकार ४९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने घोषणा गरेको छात्रवृत्तिबारे जानकारी गराउन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कर्णाली पुगेको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ‘क्यान नेसनल आईसीटी स्कलरसिप– २०७५ मा ग्रामीण क्षेत्रका विद्यार्थीको सहभागिता बढाउने योजनाअनुसार क्यान कर्णाली पुगेको हो ।

क्यान महासंघ कर्णाली प्रदेशको आयोजना र क्यान महासंघ जिल्लाको समन्वयमा कार्यक्रम गरी आइतबार छात्रवृत्तिबारे जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले सकेसम्म ग्रामीण क्षेत्रका विद्यार्थीलाई छात्रवृत्तिमा समेटिने बताए ।

नेपालका सातै प्रदेशका विद्यार्थीले समान अवसर प्राप्त गर्नेगरी प्रत्येक प्रदेशबाट एक–एक जना छात्रालाई पूर्ण छात्रवृत्ति र ६ जनालाई आंशिक छात्रवृत्ति वितरण गर्न लागिएको छ । सातैवटा प्रदेशका ४९ विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँचसय रुपैयाँबराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिर्भसिटी अफ टेक्नोलोजी एन्ड इन्नोभेसनबाट सम्बन्धनप्राप्त लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बीएस्सी आईटी अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिका लागि योग्यता पुगेका विद्यार्थीले साउन ९ गतेभित्र क्यान महासंघको वेबसाइटबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : २३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु