global ime bank Long Banner Ad

गृहपृष्ठ चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवकी ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो ।
यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी छिन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु