गृहपृष्ठ विकास फ्लोर मिललाई गुणस्तरीय खाद्य उद्योग अवार्ड
विकास फ्लोर मिललाई गुणस्तरीय खाद्य उद्योग अवार्ड
काठमाडौं- के.एल. दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रालिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ ।
दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधी तथा गुणनियन्त्रण बिभागले सम्मान गरेको छ ।
के.एल. दुगड ग्रुपद्वारा उत्पादित लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आँटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने प्रतिष्ठीत कम्पनी बिकास फ्लोर मिल प्रालिले, स्वछ र गुणस्तरिय खाद्य पदार्थहरु उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन मानव स्वाथ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा बिभागले सम्मान गरेको हो ।
उक्त अबसरमा के.एल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले विगत ३ दसक देखि नेपाली बजारमा उत्कृष्ट खाद्य बस्तुहरु उत्पादन र बिक्री वितरण गर्दै आएको बताए । उनले आफनो मुख्य उद्देश्य भनेकै गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्दै उपभोक्ताको स्वास्थ्य र स्वादमा समर्पित रहुन रहेको बताए ।
प्रकाशित समय : १४:५७ बजे


















