गृहपृष्ठ टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौं घाइते

टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौं घाइते

टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौं घाइते

उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान यात्रुवाहक रेल दुर्घटना हुँदा २४ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा २४ जनाको मृत्यु भएको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गरेका हुन् ।

यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको दुर्घटनामा अन्य रेलमा रहेका सयौं यात्रु घाइते भएका छन् । भारी वर्षाका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

रेलमा ३ सय ६० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रिस र बुल्ग्रेरियाको सीमानजिकको एदिरर्ने क्षेत्रमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको थियो ।

टर्कीका सञ्चारमाध्यमले स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताएका छन् । भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ ।

(रासस/एएफपी)

प्रकाशित समय : २३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु