global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकम र मिदास ई–क्लासबीच सहकार्य

नेपाल टेलिकम र मिदास ई–क्लासबीच सहकार्य

नेपाल टेलिकम र मिदास ई–क्लासबीच सहकार्य

नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई-क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटरका माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो एक प्ल्याटफर्म हो ।
उक्त प्ल्याटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्री श्रव्य-दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने अपेक्षा गरिएको छ । विद्यालयमा पढ्नुपर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन् । नेपाल टेलिकमका ग्राहकले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास ई-क्लास प्रयोग गर्न सक्नेछन् ।
मिदास ई-क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा १० सम्मका विभिन्न विषय समावेश गरिएको छ । मिदास ई-क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुबारे अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्नेछन् । शिक्षकले बिद्यार्थीका लागि आवश्यक पाठ्यसामग्री यसैमार्फत उपलब्ध गराउन सक्नेछन् । त्यसैगरी, अभिभावकले पनि शिक्षकसँग अन्तक्र्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन सक्नेछन् ।
मिदास ई-क्लासको प्रयोग गर्नका लागि गुगल प्ले स्टोरमार्फत MiDas eCLASS एप डाउनलोड गर्नुपर्छ । यो सुविधा असार १२ देखि उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ र मासिक २५० रुपैयाँमा यो सुविधा खरिद गर्न सक्नेछन् । यो सुविधा उपभोग गर्न वाइफाई वा मोबाइल डाटा सेवा आवश्यक पर्छ । मोबाइल डाटा प्रयोग गर्दा डाटाको अतिरिक्त शुल्क लाग्नेछ । टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकहरुको प्रयोग गरी यो सेवा उपयोग गर्न सकिनेछ ।

प्रकाशित समय : ०२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु