global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश २ सरकारलाई १३ विधेयक मस्यौदा हस्तान्तरण

प्रदेश २ सरकारलाई १३ विधेयक मस्यौदा हस्तान्तरण

प्रदेश २ सरकारलाई १३ विधेयक मस्यौदा हस्तान्तरण

विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयकको मस्यौदा तयार गरी प्रदेश २ सरकारलाई हस्तान्तरण गरेको छ । विधेयक निर्माण समितिका संयोजक तथा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार विधेयकको मस्यौदा हस्तान्तरण गरेका छन् ।
यसअघि सहजीकरण समितिले बुझाएका आठ विधेयकमध्ये दुईवटा प्रदेश सभाले पारित गरिसकेको छ भने अन्य ६ वटा विधेयक छलफलका क्रममा छन् । समितिले लैंगिक तथा घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, विद्युत् प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०७५ लगायतका मस्यौदा हस्तान्तरण गरेको हो ।
यसअघि, मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधासम्बन्धी विधेयक र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएसकेका छन् ।

प्रकाशित समय : ०२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु