गृहपृष्ठ सिद्धार्थ बैंकले एकैदिन खोल्यो ६ वटा नयाँ शाखा
सिद्धार्थ बैंकले एकैदिन खोल्यो ६ वटा नयाँ शाखा
सिद्धार्थ बैंकले एकैदिन ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार कैलालीको अत्तरिया, बाँकेको खजुरा, दाङको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ पहुँच नपुगेका प्रत्येक गाउँपालिका र नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्ने सरकारको नीतिअनुरुप शाखा विस्तार गरिएको बैंकले जनाएको छ । नयाँ शाखा सञ्चालनसँगै स्थानीय स्तरमा बैंकिङ पहुँच बढ्न गई बचत परिचालन, उद्यमशीलता वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकको छ ।
बैंकले ११५ शाखा, तीनवटा एक्स्टेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ, ११६ एटीएम र ८ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १९:३३ बजे


















