गृहपृष्ठ विद्यार्थीलार्इ बिमा एजेन्ट हुँदै विज्ञ बनाउन सिटिजन लाइफको देशव्यापी कार्यक्रम

विद्यार्थीलार्इ बिमा एजेन्ट हुँदै विज्ञ बनाउन सिटिजन लाइफको देशव्यापी कार्यक्रम

विद्यार्थीलार्इ बिमा एजेन्ट हुँदै विज्ञ बनाउन सिटिजन लाइफको देशव्यापी कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सले ‘विद्यार्थीसँग बिमा’ अभियान सुरु गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वन्तर्गत बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि अभियान सुरु गरेको हो ।

असार २३ गते भृकुटीमण्डपमा एक कार्यक्रम गरी सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसडर वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको शुभारम्भ गरे ।  कायर्क्रममा प्रमुख कार्यकारी अधिकृत पौडेलले अधिकांश मानिस जीवन बिमा योजना, यसका सुविधा र योगदानबारे अनभिज्ञ रहेकाले विद्यार्थीसँग बिमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममार्फत विद्यार्थी स्वयंले बिमाको महत्व बुझ्ने तथा परिवारका सदस्य र अन्य व्यक्तिलार्इ समेत बुझाई समाजमा बिमाबारे जनचेतना फैलाउनमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । ‘यसबाट विद्यार्थीले बिमा एजेन्ट भई काम गर्न सक्ने, बिमा कम्पनीमै काम गर्न चासो देखाउने तथा बिमासम्बन्धी उच्च अध्ययन गरी बिमा विज्ञसम्म हुनसक्ने सम्भावनाको ढोका खुल्नेमा हामी आशावादी छौं,’ उनले भने । काठमाडौंबाट सुरु गरिएको यो कार्यक्रम विस्तारै देशभरका सरकारी तथा निजी शैक्षिक संस्थासम्म विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु