global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपा बैठक : पार्टीकाे नियमावली टुंग्याउने तयारी

नेकपा बैठक : पार्टीकाे नियमावली टुंग्याउने तयारी

नेकपा बैठक : पार्टीकाे नियमावली टुंग्याउने तयारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रस्तावित नियमावलीलाई बुधबार टुंग्याउने भएको छ । सचिवालय बैठकमार्फत नियमावलीलाई अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकोे सचिवालयको बैठकले पार्टीको विधान र नियमावली बिषयमा छलफल गर्दै बुधबार पुनः बैठक बसेर अन्तिम रुप दिने निर्णय गरेको थियो ।

यसअघि बसेको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गर्दै पार्टीका नेताले दिएको सुझावलाई समेटेर बैठकमा प्रस्तुत गने जिम्मेवारी दिएको थियो । कार्यदलमा वामदेव गौतम , रामबहादुर थापा ‘बादल’, महासचिव बिष्णु पौडेल रहेका छन् । यसअघि स्थायी समितिले दिएको सुझावलाई समेत समेटर नियमावलीलाई अन्तिम रुप दिने कार्यदलको तयारी छ ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु