global ime bank Long Banner Ad

गृहपृष्ठ वृज सिमेन्टका ब्रान्ड एम्बेसडर श्रेष्ठद्वारा बनेपाको स्कुललाई फुटबल सामग्री प्रदान

वृज सिमेन्टका ब्रान्ड एम्बेसडर श्रेष्ठद्वारा बनेपाको स्कुललाई फुटबल सामग्री प्रदान

वृज सिमेन्टका ब्रान्ड एम्बेसडर श्रेष्ठद्वारा बनेपाको स्कुललाई फुटबल सामग्री प्रदान

राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८, काभ्रेमा रहेको शिक्षा सदन माध्यमिक विद्यालयलाई फुटबल सामग्री हस्तान्तरण गरेका छन् । फुटबलर श्रेष्ठले पुष्पतारा केडिया सेवा संस्थाद्वारा आयोजित एवं वृज सिमेन्ट इन्डस्ट्रिजले प्रायोजन गरेको फुटबल सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

नवयुग श्रेष्ठ एक वर्षदेखि वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्रान्ड एम्बेसडरका रुपमा आबद्ध छन् । विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षाको साथसाथै सह(क्रियाकलाप अझ खेलकुद महत्वपूर्ण रहेको बताए । ‘निजी क्षेत्रबाट हुने यस किसिमका सहयोगले खेलकुदमा लाग्ने युवालाई हौसला मिल्नेछ,’ उनले भने ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृज सिमेन्टले पहिलो चरणमा शिक्षा सदन माविलार्इ छनोट गरेको सिनियर ब्रान्ड म्यानेजर अमित श्रेष्ठले जानकारी दिए । ‘आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम लैजान्छौं,’ उनले भने ।

 

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु