गृहपृष्ठ मनाङ र मुस्ताङ पुग्यो प्रभु बैंक
मनाङ र मुस्ताङ पुग्यो प्रभु बैंक
प्रभु बैंकले मनाङ र मुस्ताङमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले मनाङको धारापानीमा नाशोङ शाखा र मुस्ताङको कोबाङमा थासाङ शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
नाशोङ शाखाको सोही गाउँपालिका अध्यक्ष चन्द्र घले र थासाङ शाखाको सोही गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले उद्घाटन गरे । दुर्इ नयाँ शाखा कार्यालयबाट ग्राहकले बैंकको गुणस्तरीय सेवा उपभोग गर्न पाउने र गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित समय : १६:१६ बजे



















