global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम

विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम

विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम

आज विश्व जनसंख्या दिवस हो । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको अवसर पारेर नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछ ।

यसवर्ष जनसंख्या दिवसको नारा ‘युवामा लगानी गरौं’ भन्ने राखिएको छ । दिवसका अवसरमा शुभकामना दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएका छन् ।

विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई युवा मानिन्छ । नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु