global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ गुड्दै गरेको अटोरिक्सामा आगलागी

गुड्दै गरेको अटोरिक्सामा आगलागी

गुड्दै गरेको अटोरिक्सामा आगलागी

महोत्तरीको गौशाला नगरपालिकामा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी भएको छ । उक्त आगलागीका कारण चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँस्थित हनुमानचोक नजिकै पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको एउटा अटोरिक्सामा  गडिरहेको अवस्थामा अचानक आगलागी भएको थियो ।

मेशिनको गडबडी भएर गुडिरहेकै अवस्थामा आगलागी भएको र सो आगलागीबाट अटोरिक्सा पूर्ण रुपले जलेर चार लाख ४५ हजार बराबरको क्षति भएको उपरीक्षक कडायतले बताए । आगलागी हुँदा त्यसमा सवार चालकसहित सबै यात्रु हतारहतार ओर्लिएका थिए । हेर्दाहेर्दै एकछिनमै अटोरिक्सा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु