काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मध्यपहाडी लोकमार्गको अवरुद्ध

15.27K
shares

अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । काठेखोला गाउँपालिका–१ पालामा गएको पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने अक्षेते प्रहरी चौकीका हवल्दार किशोर भण्डारीले जानकारी दिए । ‘डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली पनि खटिएको छ,’ उहाँले भन्नुभयो, ‘ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ ।’
(रासस)