global ime bank Long Banner Ad

गृहपृष्ठ कानुन मिचेको आरोपमा ट्रम्प फाउन्डेसनविरुद्ध मुद्दा

कानुन मिचेको आरोपमा ट्रम्प फाउन्डेसनविरुद्ध मुद्दा

कानुन मिचेको आरोपमा ट्रम्प फाउन्डेसनविरुद्ध मुद्दा

न्यूयोर्क राज्यले ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट ‘लगभग चेकबुकको जस्तै काम गरेर’ विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभावी रकम तिरेको आरोप लगाएकी छन् । उनले तयार पारेको अभियोगपत्रमा विगत एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको उल्लेख गरिएको छ ।
ट्रम्प फाउन्डेसनले भने विज्ञप्ति जारी गर्दै ती आरोपहरू अस्वीकार गरेको छ ।
राष्ट्रपति ट्रम्पले उनकै शव्दमा न्यूयोर्कका ‘फोहोरी डेमोक्र्याटहरुले’ उक्त मुद्दा अघि सारेको आरोप लगाएका छन् ।
न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले डोनाल्ड ट्रम्प र उनको व्यापारिक साम्राज्यविरुद्ध जारी फौजदारी अनुसन्धानमा एउटा नयाँ मोर्चा खुला गरिदिएकी जनाइएको छ ।
ट्रम्प फाउन्डेसनसँग सम्बन्धित अनियमितताका आरोप सन् २०१६ को राष्ट्रपति चुनावमा पनि बाहिर आएका भए पनि त्यसलाई राष्ट्रपति ट्रम्पको सुरूवाती कार्यकालले छायाँमा पारिदियो । तर, अब त्यो अवस्था बदलिन लागेको जस्तो देखिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु