काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विज्ञापनसम्बन्धी मस्यौदामा छलफल

11.21K
shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायको प्रवद्र्धन, सामाजिक मर्यादा पालना र सार्वभौमिकताको रक्षा गर्नेगरी विज्ञापनसम्बन्धी ऐन ल्याउन लागिएको बताएका छन् ।

विज्ञापनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी सञ्चार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले सरोकारवाला पक्षबाट प्राप्त हुने रचनात्मक सुझावलाई समेटेर छिट्टै ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

समाजमा क्रियाशील व्यवसायीलाई सम्बोधन गर्नेगरी ऐन, नियम बनाउने पक्षमा सरकार रहेको स्पष्ट गर्दै उनले विज्ञापनसम्बन्धी कारोवारलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याउन लागेको ऐनलाई जनमुखी एवम् व्यवसाय मैत्री बनाउन आवश्यक विकल्प सहितको सुझाव उपलब्ध गराई सहयोग गर्न सरोकारवाला पक्षसँग आग्रह गरे ।

सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले विज्ञापन बोर्डको गठन गरी विज्ञापनसम्बन्धी कारोबारलाई व्यवस्थित र जवाफदेही बनाउन लागेको जानकारी दिए ।

उक्त विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न नपाइने, सहुलियत दर वा निःशुल्क विज्ञापन गर्नुपर्ने, विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, विज्ञापनको वर्गीकरण र नियमन, विज्ञापन बोर्डको गठन, सजाय, सङ्क्रमणकालीन व्यवस्थालगायत २९ वटा प्रावधान समेटिएको छ ।

(रासस)