गृहपृष्ठ रोनाल्डोको ह्याट्रिक, मेस्सीलार्इ ‘च्यालेञ्ज’

रोनाल्डोको ह्याट्रिक, मेस्सीलार्इ ‘च्यालेञ्ज’

रोनाल्डोको ह्याट्रिक, मेस्सीलार्इ ‘च्यालेञ्ज’

अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रतिस्पर्धी हुन् । क्लबमा होस् वा विश्वकपमा, टोलीले हानेको गोलमा मेस्सी र रोनाल्डोको गोलको बढी हिसाब हुन्छ । हुन पनि दुवै खेलाडी गएको एक दशकदेखि आलोपालो जस्तै गरी वर्ष खेलाडी बन्दै आएका छन् । तर उनीहरुले देशका लागि विश्वकप जित्न सकेका छैनन् ।

यो शताब्दीकै दुई उत्कृष्ट खेलाडी रोनाल्डो र मेस्सी सम्भवतः विश्वकप जित्ने आफ्नो अन्तिम प्रयासमा छन् । रोनाल्डोले दुई वर्षअघि युरोकपको उपाधि जितेर केही उपलब्धी त हात पारेका छन् तर विश्वकप सपना अझै पूरा हुन सकेको छैन । मेस्सीले राष्ट्रिय टोलीका लागि ओलम्पिकमा मेडल बाहेक जित्न सकेका छैनन् ।

विश्वकप अन्तर्गत क्रिष्टियानो रोनाल्डोले शुक्रबार राति भएको खेलमा ह्याट्रिक गरे । उनकै ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोक्न सफल भयो । यसको दबाब मेस्सीलाई परेको विश्लेषकहरु बताउँछन् । रोनाल्डोको ह्याट्रिकले अब मेस्सीमाथि दबाब परेको म्याच अफ द डेका फुटबल पण्डित रिओ फरडिनान्डले बताएका हुन् ।

‘रोनाल्डोले जस्तै पूरै टिमको जिम्मेवारी आफूमा लिन सक्ने क्षमता भएका अर्का खेलाडी मेस्सी भएकाले उनीमाथि दबाब छ,’ उनले भने ।

मेस्सीको टिम अर्जेटिनाले आज राति पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु