गृहपृष्ठ विप्लव नेकपाका पोलिटव्यूरो सदस्य पुन अदालतबाट रिहा भएलगत्तै पक्राउ

विप्लव नेकपाका पोलिटव्यूरो सदस्य पुन अदालतबाट रिहा भएलगत्तै पक्राउ

विप्लव नेकपाका पोलिटव्यूरो सदस्य पुन अदालतबाट रिहा भएलगत्तै पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनलाई अदालतले धरौटीमा रिहा गरे लगत्तै प्रहरीले पक्राउ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनलाई अदालतले धरौटीमा रिहा गरे लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

कैलाली जिल्ला अदालतले सोमबार उनलाई ४५ हजार रुपैयाँ धरौटीमा रिहाइ गरेलगत्तै प्रहरीले पक्राउ गरेको हो । अदालतको गेट बाहिरबाट पक्राउ गरिएको पुनलाई बर्दिया पठाइएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले बताए । बर्दियामा आगलागी घटनामा संलग्न रहेको आरोपमा उनलाई बर्दिया बठाइएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार घटनामा संलग्न रहेको भन्दै कैलाली जिल्ला अदालतमा नेता पुनविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो । नेता पुनलाई गत मंगलबार बर्दियाबाट पक्राउ गरी उनलाई कैलाली ल्याइएको थियो ।

नगर प्रमुख चौधरीमाथि गत फागुन महिनामा उनकै घरमै गोली प्रहार भएको थियो । सो क्रममा विप्लवका अन्य चारजना कार्यकर्तालाई पक्राउ गरिए पनि संलग्नता नदेखिएपछि प्रहरीले छोडेको थियो । प्रहरीले गोली प्रहार गरेको चार महिनापछि पोलिटव्यूरो सदस्य पुनलाई पक्राउ गरेको हो ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु