काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सम्बन्ध बिच्छेदका घट्ना बढ्दै

14.55K
shares

सल्यानमा पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढेका छन् । जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा सयभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले जानकारी दिए ।

धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीले सबैभन्दा बढी सम्बन्धबिच्छेदको निवेदन दिने गरेका छन् । ‘सम्बन्धबिच्छेद गर्न आउने धेरैलाई परामर्श गरेका छौँ तर उनीहरु सहमतिमै सम्बन्धबिच्छेद गर्न आउने भएकाले हाम्रो कुरा सुन्न चाहन्नन्,’ धामीले भने । सम्बन्धबिच्छेद गर्न आउने ५० प्रतिशतभन्दा बढीका सन्तान हुने र तिनीहरुको भविष्य अन्योलमा हुने गरेको धामीले बताए । ‘सम्बन्धबिच्छेद गर्दा आमासँगको सन्तानलाई बाबुले पाल्ने भन्ने कुरा हुन्छ, पछि के हुन्छ थाहा हुँदैन यसले गर्दा बालबच्चाको लालनपालनका समेत समया आउने गर्छ,’ उनले भने ।

परिपक्व नहुँदै प्रेम विवाह गर्ने र उमेर पुगेपछि सम्बन्धबिच्छेद गर्ने समस्या हुने गरेको धामीको भनाइ छ । वैदेशिक रोजगारीका कारण पनि सम्बन्धबिच्छेद हुने गरेको अदालतका स्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए । गत आर्थिक वर्षमा सम्बन्धबिच्छेदका ९९ मुद्दा परेकामा चालु आर्थिक वर्षमा सय वटा मुद्दा परेको गौतमले जानकारी दिए । यस्तै गत आर्थिक वर्षमा अंश दाबीसहित २७ मुद्दा दर्ता भएकामा चालु आर्थिक वर्षमा ३२ मुद्दा दर्ता भएको छ । यस्तै पुरुषवादी भएको एउटा मात्र मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

चालु आर्थिक वर्षमा जबर्जस्ती करणीका १० मुद्दा तथा जबर्जस्ती करणी उद्योगअन्तर्गत आठ मुद्दा दर्ता भएको गौतमले बताए । यस्तै हाडनाता करणीका दुई मुद्दा दर्ता भएको बताइएको छ ।