गृहपृष्ठ नयाँ शक्तिमा सहिद तथा बेपत्ता योद्धा विभाग गठन

नयाँ शक्तिमा सहिद तथा बेपत्ता योद्धा विभाग गठन

नयाँ शक्तिमा सहिद तथा बेपत्ता योद्धा विभाग गठन

नयाँ शक्ति पार्टी नेपालले सहिद तथा बेपत्ता योद्धा विभाग गठन गरेको छ । पार्टीका राजु नेपालीको संयोजकत्वमा शहीद तथा बेपत्ता योद्धा परिवार, घाईते÷अपाङ्ग एवम द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग गठन गरिएको हो ।

११ सदस्यीय नयाँ विभागमा कल्पना सुवेदी, विरबहादुर तामाङ, दिपक वाग्ले, दुर्गाप्रसाद भुसाल, शारदा घिमिरे, अमर वली, सिता भण्डारी सदस्य छन् । त्यसैगरी विभागकै कानुनी सल्लाहकारमा अधिवक्ता कृष्णप्रसाद शर्मा छन् ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले तत्कालिन नेकपा माओवादीका तर्फबाट राजतन्त्रात्मक राज्यसत्ता परिवर्तनका लागि १० बर्षे जनयुद्ध लडेका थिए । तर, माओवादीबाट छुट्टीएर नयाँ शक्ति गठन गरेसँगै उनले माक्र्सवाद र लेनिनवादलाई मार्ग दर्शक सिद्दान्त अंगालेका छैनन् ।

नयाँ शक्ति गठन गरेपछि भट्टराईमाथि जनयुद्धकालिन मुद्धा छाडेको भन्दै माओवादीभित्रबाट आलोचना हुँदै आएको छ । त्यसरी आलोचना हुँदै आएको सन्दर्भमा उनको पार्टीले जनयुद्धसँग प्रत्यक्ष सरोकार राख्ने नयाँ विभाग गठन गरेको हो । विभागले देशव्यापी रुपमा सहीद, बेपत्ता, घाईते तथा अपाङ्गहरुको तथ्याङ्क संकलन गरी अभिलेख तयार गर्नेछ ।

तथ्याङ्क संकलन गरी उनीहरुका लागि बेग्लै परिचयपत्र बनाई परिचयपत्रका आधारमा स्वास्थ्य, शिक्षा, रोजगारी, जस्ता आधारभुत क्षेत्रमा विशेष छुट, सेवा, सहुलियत र आरक्षण उपलव्ध गराउन सरकारसँग माग गर्ने जनाइएको छ । विभागले अदालतमा विचाराधीन अवस्थामा रहेका जनयुद्धकालीन घटना र मुद्धाहरु बृहत शान्ति सम्झौताको मूल मर्म र संक्रमणकालीन न्यायको मान्य सिद्धान्तहरुबमोजिम टुङ्ग्याउन सरकारलाई दबाब दिने जनाइएको छ ।

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु