काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यसरी तोडियो डा. केसीको अनसन

10.96K
shares

चिकित्सा शिक्षा सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारबीच बिहीबार सहमति भएको छ । डा. केसीले उठाउँदै आएका माग पूरा गर्न सरकार सकारात्मक भएपछि उनको अनसन तोडिएको हो ।dr kc 2 newskarobar

डा. केसीको अनसन लम्बिँदै जाँदा उनको समर्थनमा नेपाल चिकित्सक संघको अगुवाइमा डाक्टरहरु आन्दोलित भएका थिए । उनीहरुले सरकार डा. केसीको मागप्रति अनुदार बन्दै गएको आरोप लगाउँदै सरकारलाई झुकाउन भन्दै सबै अस्पतालका अत्यावश्यक (इमर्जेन्सी) बाहेकका सेवा बन्द गर्दै आएका थिए ।

सरकारमाथि दबाब
डा. केसीका समर्थकले सरकार उनको जीवन रक्षाका लागि गम्भीर नबनेको आरोप लगाउँदै आएपछि सरकारमाथि नैतिक दबाब परेको थियो । तर, डा. केसीले ‘मेरो गोरुको बाह्रै टक्का’को शैलीमा जननिर्वाचित सरकार र संसदलाई बन्दी बनाउन खोजेको भन्दै सरकारले उनका मागप्रति असन्तुष्टि जनायो ।

सरकारी डाक्टरहरुलाई केसीसमक्ष पुग्नसमेत नदिई उनका समर्थकले अर्घेल्याइँ गरेको भन्दै सरकारी पक्षबाट प्रतिवाद पनि भयो । तर, जे भए पनि अभिभावकको भूमिकामा रहेको सरकार जिम्मेवार हुनुपर्ने भन्दै धेरैले आवाज उठाए । तर, सबैभन्दा ठूलो कुरा डा. केसीको अनसन उनले चाहेर या नचाहेर भए पनि ‘राजनीतिक मुद्दा’ बनेपछि सरकारसमक्ष यसलाई जतिसक्दो चाँडो टुंग्याउनुपर्ने बाध्यता थियो ।

अनसनको राजनीतिक रंग
डा. केसी यस विषयमा के भन्छन् ? यो प्रश्नको उत्तर दिने उपयुक्त पात्र उनी स्वयं भए पनि उनको चाहनाअनुरुप या बेगर उनका समर्थक हुँ भन्नेहरुले पर्टीको झण्डा बोकेको भने आँखाले देखेको सत्य हो । माइतीघर तथा बानेश्वर क्षेत्रमा दिनहुँजसो उनको पक्षमा हुने प्रदर्शनमा तीनवटा पार्टीका पक्षधरहरुको जमघट देखिन्थ्यो ।dr kc 3 newskarobar dr kc 4newskarobar

नेपालकै पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसदेखि भर्खरै गठन भएको विवेकशील साझासम्मले केसीको समर्थनमा आफूहरुलाई मैदानमा उतारे । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पनि आफूलाई सडकमा उतार्ने मौका गुमाएन ।

राजनीतिक झण्डा बोकेका कार्यकर्ता सडकमा उत्रिएपछि अनसनलाई राजनीतीकरण हुनबाट सम्भवतः डा. केसी स्वयंले पनि रोक्न सकेनन् । प्रदर्शनकै क्रममा तरुण दलले संयमता गुमाउँदा नयाँ बानेश्वरमा झडप भयो । त्यसक्रममा पार्किङ गरी राखेका सरकारी गाडीलाई तरुण दलका कार्यकर्ताले आफ्नो निसाना बनाए । अझ अगाडि बढेर उनीहरु प्रहरीमाथि नै जाइलागे । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्याे । डा. केसीको समर्थनमा कांग्रेसले यति गरेपछि अनसन स्वाभाविक रुपमा डा. केसीले चाहेर या नचाहेर पनि राजनीतिकरण भयो ।

जुम्लादेखि काठमाडौंसम्म
यसपटक डा. केसीले अनसनका लागि काठमाडौंभन्दा बाहिर दुर्गम जिल्ला जुम्लालाई रोजे । जुम्ला पुगेर अनसन बसेका डा. केसीको स्वास्थ्यस्थिति खस्कँदै गएको भन्दै सरकारको व्यापक आलोचना भयो । त्यसलगत्तै सरकारले उनलाई काठमाडौं ल्याउने निर्णय गर्याे ।

तर, सरकारका लागि यो कार्य पनि सहज भएन । समर्थकहरुले डा. केसीलाई काठमाडौं लैजान नदिने अड्डी लिए । स्वास्थ्य स्थिति खस्कँदै गएको भन्ने तर सुविधासम्पन्न अस्पतालमा लैजान खोज्दा अवरोध भएपछि सरकार अचम्ममा पर्याे । सरकारका मन्त्रीहरुको अभिव्यक्ति आउन थाल्यो– ‘डा. केसीका समर्थकले खोजेको चाहिँ के हो ?’

तर, सरकार डा. केसीलाई काठमाडौं ल्याउने आफ्नो निर्णयबाट पछाडि हटेन र हस्तक्षेपपूर्वक नै भए पनि ल्याइछाड्ने तयारीमा जुट्यो । अर्कातर्फ जुम्लामा रहेका डा. केसीका समर्थक पनि ‘मैदान छाड्न’ तयार देखिएनन् । यी दुईतर्फी अडानका कारण जुम्ला अस्पतालमा प्रहरीसँग प्रदर्शनकारीको झडप भयो । झडपकै क्रममा प्रदर्शनकारीको ‘निर्मम प्रहारबाट’ एक प्रहरी जवान गम्भीर घाइते भए । केसीलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न सरकारी पक्षले ती प्रहरी जवानको मृत्यु भएको नियोजित हल्लासमेत चलायो ।

डा. केसीका समर्थकले उनको स्वास्थ्य गम्भीर बनेको सूचना त सरकारलाई दिए तर सरकारले पठाएको टोलीलाई उनीसमक्ष पुग्न भने दिएनन् । प्रहरीले बल प्रयोग गर्याे । र, भित्र चुक्कुल लगाएर बसेका समर्थकलाई बाहिर निकाल्दै साउन ३ गते हेलिकप्टर चढाएर डा. केसीलाई काठमाडौं ल्यायो ।

सरकारको असन्तुष्टि
डा. केसीले अनसनका नाममा विधिको शासनलाई उपेक्षा गरेको सरकारी पक्षको बुझाइ छ । एउटा व्यक्तिले जननिर्वाचित संसदलाई बन्धक बनाउन नहुनेमा सरकारको दृढताले अनसन लम्बिँदै गयो ।

खासगरी, सत्तारुढ नेकपानिकटका व्यक्तिलाई मेडिकल शिक्षामा प्रवेश गर्न नदिन डा. केसीले नियोजित अडान लिएको सरकारी पक्षको बुझाइ छ । अहिले चर्चामा रहेका मनमोहन मेमोरियल मेडिकल कलेज र बी एन्ड सी मेडिकल कलेजमा नेकपाका नेताहरुको लगानी छ ।

अर्कोतर्फ, सरकारी चिकित्सक टोलीलाई भेट्न नदिई केसी पक्षले अन्याय गरिरहेको सरकारको बुझाइ देखिन्थ्यो । त्यसैले पनि अनसन २७औं दिनसम्म लम्बियो । तर, डा. केसीका समर्थकले निरन्तर आक्रोश पोखिरहे, ‘सरकार उनको जीवन रक्षामा गम्भीर देखिएन ।’

घट्दो लोकप्रियता र सरकारी अडान
डा. केसी अनसनका संस्करण लम्बिँदै जाँदा उनका समर्थक घट्दै गएका छन् । तर, उनीहरुको गुनासो के पनि छ भने सरकार अभिभावक जस्तो हुनुपथ्र्याे, भएन । डा. केसीको समर्थनमा विभिन्न स्वरुपका आन्दोलनका कार्यक्रम घोषणा गरिएको भए पनि त्यसमा जनताले अपेक्षाकृत चासो देखाएनन् । पहिलो, दोस्रो, तेस्रोपटकको अनसनको जस्तो जनसमर्थन डा. केसीलाई यसपटक प्राप्त भएन ।

उनको समर्थनमा नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा सडकमा आए पनि धेरैले यसलाई राजनीतिक स्वार्थका रुपमा टिप्पणी गरे । अर्कोतर्फ, अनसनको लामो समयसम्म डा. केसीले चाहेजस्तो गरी सरकारले झुक्ने लक्षण नल्याउँदा समस्या सरकारलाई मात्र परेन ।

मार्सीको ब्रान्डिङ
डा. बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएपछि एउटा निर्णय गरे । उनको निर्णय थियो नेपालमै उत्पादित गाडी चढ्ने । यो निर्णयसँगै उनले आंशिक रुपमा नेपालमा बनेको ‘मुस्ताङ म्याक्स’ चढे । भट्टराईको यो निर्णयले कहाँ–कहाँ के–के प्रभाव पार्याे त्यो अध्ययनको विषय हुनसक्ला तर मुस्ताङ म्याक्सको ब्रान्डिङमा भने यसको ठूलो प्रभाव रह्यो ।

यसपटकको अनसन प्रकरणमा पनि नेपालमा उत्पादित त्यस्तै एउटा चामलको ब्रान्डिङ भएको छ । त्यो हो ‘मार्सी’ । संयोग पनि कस्तो भने डा. केसीले अनसनका लागि जुम्ला रोजेकै समयमा जुम्लाको जिउलोमा उत्पादित मार्सीको ब्रान्डिङ भएको छ ।

कांग्रेसको कुण्ठा र विवेकशील साझाको सपना
यसपटकको अनसनमा दुईवटा कुरा प्रस्ट देखिए । एउटा कांग्रेसको कुण्ठा र अर्काे विवेकशील साझाको सपना । भर्खरै भएको निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पराजित हुनपुग्यो भने विवेकशील साझा राष्ट्रिय दलको रुपमा स्थापित हुन सकेन । तर, डा. केसीको अनसनलाई लिएर उनीहरु सडकमा आए । यसैप्रति लक्षित गर्दै नेकपाका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा टिप्पणी गरे, ‘कांग्रेस सिद्धिनै लागेको हो त !’