global ime bank Long Banner Ad

गृहपृष्ठ कन्चनरुपमा बसले हायसलाई ठक्कर दियो, ६ जनाको अवस्था गम्भीर

कन्चनरुपमा बसले हायसलाई ठक्कर दियो, ६ जनाको अवस्था गम्भीर

कन्चनरुपमा बसले हायसलाई ठक्कर दियो, ६ जनाको अवस्था गम्भीर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका ८ मा यात्रुबाहक बस र हायस गाडी ठोक्किएर भएको दुर्घटनामा परी १८ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

कञ्चनरुप ८मा रहेको इलाका प्रहरी कार्यालयबाट करीब एक किलोमिटर पूर्वमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको बा ३ ख ८४४५ हायस गाडीलाई सोही दिशातर्फ जाँदै गरेको को १ ख ४४६८ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।

त्यसपछि हायस गाडी अनियन्त्रित भइ सडकभन्दा बायाँतर्फको विजुलीको पोलमा ठोक्किँदा हायसमा सवार ६ जना गम्भीर घाइत भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । रिमालका अनुसार बसका एकजना यात्रुको अवस्था पनि चिन्ताजनक छ । उनीहरु सबैलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको रिमालले बताए । बसका ११ जना घाइते यात्रुको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । बसका यात्रुको अवस्था भने सामान्य रहेको बुझिएको छ ।

दुबै सवारी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका हायस गाडी र बसका चालकलाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु