गृहपृष्ठ महरलाई कार्ययोजना पेस गर्न १० दिनको समय, नगरेमा कार्यसमिति खारेज हुने
महरलाई कार्ययोजना पेस गर्न १० दिनको समय, नगरेमा कार्यसमिति खारेज हुने
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई नेविसंघको १२ औं महाधिवेशनको कार्ययोजना पेश गर्ने समय दिइएको छ । कांग्रेस नेता डा. रामशरण महतको संयोजकत्वमा गठित समितिले अध्यक्ष महरलाई १० दिने अल्टिमेटम दिएको हो ।
उक्त अल्टिमेटम अनुसार अध्यक्ष महरले आगामी भदौ २ भित्रै महाधिवेशन गर्ने कार्ययोजना प्रस्तुत गर्नुपर्ने भएको छ । तोकिएको समयावधिमा कार्ययोजना पेश गरेमा कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको जनाइएको छ ।
विधान अनुसार नेविसंघको कार्यसमितिको म्याद २ वर्ष हुन्छ । त्यो समय नैनसिंह महर नेतृत्वको कार्यसमितिले पूरा गरिसकेको छ । त्यसै गरी विशेष परिस्थितिमा थप ३ महिनाको समयावधी कार्यसमितिले पाउने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार तोकिएको अवधिमा महरले कार्ययोजना पेश गरेमा ३ महिना समयावधि थप गर्ने सहमति भएको हो । तर, उक्त समयभित्र महरले कार्ययोजना प्रस्तुत गर्न नसकेको खण्डमा भने नेविसंघको कार्यसमिति स्वतः खारेज हुने सहमतिसमेत भएको छ । महरको कार्यशैलीसँग असन्तुष्ट पक्षले उनले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् ।
याे पनि पढ्नुहाेस् :
महरको कार्यकालमा उपलब्धी कम विवाद धेरै
कसरी निरासामा परिवर्तन भयो नेविसंघको त्यो उत्साह ?
प्रकाशित समय : २१:५७ बजे



















