गृहपृष्ठ प्रवक्ता पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा
प्रवक्ता पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा
आफ्ना प्रवक्ता सहितका नेता प्रहरीले पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आन्दोलन घोषणा गरेको छ ।
बुधबार आफ्ना नेताहरु पक्राउ परेको केही समयमानै पार्टीका महसचिव विप्लवले प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । महासचिव विप्लवद्वारा जारी विज्ञप्तीमा आन्दोलनका कार्यक्रमहरुकोसमेत घोषणा गरिएको छ ।
‘हिजो बेलुका ७ः३० बजे काठमाडौंको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ,’ विप्लवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ ।’
विज्ञप्तीमार्फत आफ्ना नेताहरुलाई ‘बिना सर्त’ रिहा गर्न सरकारसँग माग गरिएको छ । नेताहरु पक्राउ गर्ने कार्यलाई विज्ञप्तीमार्फत दमनको बाटो भनिएको छ । ‘दमनको बाटो भनेको पराजयको बाटो हो भन्ने यो सरकारले बुझिराखे हुन्छ । यो दमनले हामी एकरत्ति पनि विचलित भएका छैनौं,’ आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै विज्ञप्तीमा भनिएको छ, ‘सबै कमरेड, समर्थक र शुभचिन्तकलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गरिन्छ ।’
हेर्नुहोस् विज्ञप्ती :

प्रकाशित समय : २२:२१ बजे



















