global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु

अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु

अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु

अविरल वर्षाका कारण कैलालीमा घर भत्किएर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति घर भत्किएर गोदावरी नगरपालिका–९, धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सुतिरहेका बेला घर भत्किँदा च्यापिएर उनको मृत्यु भएको हो । घरले च्यापेर मृतक रानाका श्रीमान ६५ वर्षीय कडेवा राना घाइते भएका छन् । कैलालीलगायत प्रदेश ७ का सबै जिल्लामा वर्षा भइरहेको छ ।

निरन्तरको वर्षा र डुवानले कैलालीको लम्कीचुहा नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहोन्याल गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । वर्षातका कारण लम्कीचुहाका निर्माणाधीन सबै सडक हिँड्डुल गर्न नमिल्ने भएका छन् ।

आइतबार रातिबाट परेको अविरल वर्षापछि अधिकांश क्षेत्र जलमग्न भएका छन् । ढल निकासको उचित व्यवस्थापन नहुँदा सबैजसो बजार तथा गाउँ क्षेत्रका चोकहरु डुबानमा परेका छन् । अत्तरिया बजारका करिब एक दर्जनभन्दा धेरै पसलमा पानी पसेको छ । अविरल वर्षाकै कारण अत्तरिया–धनगढी सडक क्षेत्रसमेत प्रभावित भएको छ । अत्तरिया–मोहन ६ लेन सडकमा निर्माणाधीन कल्भर्टका कारण पानी अवरुद्ध हुँदा समस्या भएको छ ।

वर्षाकै कारण अत्तरिया–धनगढी सडकका विद्युतका पोल ढलेर अलपत्र परेका छन् भने करेन्टको जोखिम बढेको छ । सोमबार बिहान अत्तरिया–धनगढी सडक खण्डको गेटामा विद्युत पोलबाट चुहावटका कारण करेन्ट लागेर एउटा गोरु मरेको छ ।

निरन्तरको वर्षासँगै कैलालीका अधिकांश नदीमा पानीको सतह बढेको छ । कर्णाली नदीमा पानीको बहाव चेतावनी चिह्ननजिक र मोहना नदीमा खतराको चिह्ननजिक पुगेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार मोहना नदीमा पानीको सतह २.९८ मिटर पुगेको छ । मोहना नदीमा चेतावनी २ मिटर हो भने ३ मिटरमा खतराको चिह्न हो ।

मोहना नदीमा पानीको सतह खतरानजिक पुगेपछि धनगढी र आसपासका बस्ती जोखिममा परेका छन् । कर्णाली नदीमा खतराको स्तर १०.८ मिटर रहेकोमा अहिले ७ मिटर पुगेको जिल्ला आपतकालीन सञ्जालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सप्तकोशीमा पानीको बहाव बढ्यो

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु