global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुरमा सर्पदंश केन्द्रमा औषधि अभाव

उदयपुरमा सर्पदंश केन्द्रमा औषधि अभाव

उदयपुरमा सर्पदंश केन्द्रमा औषधि अभाव

उदयपुरको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ ।

‘बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ,’ कटारी अस्पतालका प्रमुख डा गौरव साहले भने, ‘दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन, औषधि नहुँदा अन्य अस्पताल लैजान सिफारिश गर्नुपर्ने बाध्यता छ ।’ अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।
कटारी ताराघारीस्थित शार्दूल गणमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि औषधि अभाव भएको सेनानी उपेन्द्र रेग्मीले बताए ।
वर्षातको समयमा सर्पको बिगबिगी बढेको छ । वैशाखयता शार्दूल गणको सर्पदंश उपचार केन्द्रमा एक सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो । तेह्र जनालाई निको पारिएकोमा अन्यलाई उपचारका लागि अन्य अस्पताल सिफारिश गर्नुपरेको सेनानी रेग्मीले बताए ।
(रासस)

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु