गृहपृष्ठ यमनमा हवाइ आक्रमणमा २९ बालबालिकाको मृत्यु , ३० जना घाइते
यमनमा हवाइ आक्रमणमा २९ बालबालिकाको मृत्यु , ३० जना घाइते
यमनमा हवाइ आक्रमणमा परि २९ जनाको मृत्यु भएको छ । सादा प्रदेशको दयान शहरमा बालबालिका चढेको बसमाथी आक्रमण भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा बसमा सवार बालबालिका रहेका छन् ।
आक्रमणमा अन्य ३० जना घाइते भएका छन् । सो बस पिक्निकबाट विद्यालयतर्फ फर्कदै गरेको थियो ।आक्रमण कसले गरेको भन्नेबारे पुष्टि भएको छैन । यद्यपी हुथी विद्रोहीले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । यमनमा हिंसाको घटना बढेको भन्दै संयुक्तराष्ट्र संघले चिन्ता व्यक्त गरेको छ ।
प्रकाशित समय : १४:१४ बजे



















