global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीलाई उद्योगीको प्रश्न : करको बोझ किन ?

प्रधानमन्त्रीलाई उद्योगीको प्रश्न : करको बोझ किन ?

प्रधानमन्त्रीलाई उद्योगीको प्रश्न : करको बोझ किन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार आफूलाई भेट्न बालवाटार आएका उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

ओलीले उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिलगायत क्षेत्रको सुधार गर्दे समग्र रुपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको बताए ।

स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पुराना औद्योगिक नीति परिवर्तनलगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताइन् । ‘सम्माननीय प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भन्नुभएको छ ।’ उनले भनिन् ।

प्रकाशित समय : २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु