गृहपृष्ठ देश विकास गर्न युवा अगाडि आउनुपर्छ : सभामुख महरा
देश विकास गर्न युवा अगाडि आउनुपर्छ : सभामुख महरा
सभामुख कृष्णबहादुर महराले दिगो विकासको लक्ष्य हासिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रियसभा गृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन समारोहमा सभामुख महराले दिगो विकास लक्ष्य २०३० प्राप्तिमा युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिए ।
‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो,’ महराले भने, ‘यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३० पारित गरिएको छ । दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हाँसिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’
विकासका साझा मुद्धामा सबै एक ठाउँमा उभिए मात्रै लक्ष्य प्राप्त हुने र त्यसको नेतृत्व युवाहरुले लिनुपर्ने धारणा उहाँको थियो । ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुई दिने ‘एसियन युथ एसेम्ब्ली २०१८’ २३ वटा एसियाली मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रकाशित समय : २३:०७ बजे



















